श्रवणदृष्टि विहीन संघ नेपाल उल्लेखित पदमा योग्यता पुगेका नेपाली नागरिकहरूलाई दरखास्त पेश गर्न आह्वान गरिन्छ।
पद: Home Based Educator (घरमा आधारित शिक्षा प्रशिक्षक)
नियुक्तिको प्रकार: करार
नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा १०+२ वा सो सरह उत्तीर्ण गरेको।
आधारभूत तहको अध्यापन अनुमति पत्र भएको।
श्रवणदृष्टि विहीन वा अन्य अपाङ्गता भएका बालबालिकासँग काम गरेको अनुभव भएको।
दरखास्त आह्वान गरेको मितिमा १८ वर्ष उमेर पूरा भएको तर ४० वर्ष ननाघेको।
संलग्न गर्नुपर्ने कागजातहरू
१. हस्त लिखित निवेदन
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
४. स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि
५. अनुभव सम्बन्धी अन्य कागजात भए सो पनि संलग्न गर्न सकिने छ।
६. पुलिस रिपोर्ट
परीक्षा: लिखित र मौखिक दुवै हुनेछ।
निवेदन पेश गर्ने अन्तिम मिति: २०८३ भदौ २५ गते ५ बजेभित्र
परीक्षाको मितिः अनुभव र शैक्षिक योग्यताका आधारमा छानिएका निवेदकहरुलाई जानकारी गराइने छ ।
निवेदन इमेलबाट पनि पेश गर्न सकिनेछ।
निवेदन पेश गर्ने ठेगाना
श्रवणदृष्टि विहीन संघ नेपाल
इन्द्रचोक १०, पोखरा
इमेल: danpokhara@gmail.com
info@deafblindassociationnepal.org.np

