श्रवणदृष्टि विहीनता (Deafblindness) वा जटिल प्रकारका बहु अपाङ्गता भएका बालबालिकाहरूका लागि शैक्षिक सत्र २०८२ का लागि भर्ना खुला गरिएको जानकारी गराइन्छ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–१२ मा अवस्थित अमर सिंह माध्यमिक विद्यालय अन्तर्गत संचालनमा रहेको श्रवणदृष्टि विहीन स्रोत कक्षामा सिमित सिट संख्या रहेकोले इच्छुक अभिभावकहरूलाई आफ्ना बालबालिकालाई समयमै भर्ना गराइदिन अनुरोध गरिन्छ।
यदि तपाईँको घर परिवार, छरछिमेक वा समुदायमा श्रवणदृष्टि विहीनता (हेर्न र सुनन दुबैमा समस्या) भएका वा अन्य जटिल प्रकारका बहु अपाङ्गता भएका बालबालिका छन् भने कृपया उनीहरूलाई यो अवसरको जानकारी गराई विद्यालयमा सम्पर्क गरिदिनुहोस्।
जति सानै उमेरमा सिकाइ प्रक्रिया सुरु गरिन्छ, बालबालिकाले सिक्न सक्ने क्षमतामा त्यति नै प्रभावकारी सुधार देखिन्छ।
अतः आजै विद्यालयमा सम्पर्क राख्नुहोस् र उनीहरूको सिक्न पाउने अधिकार सुरक्षित गर्नुहोस्।
सम्पर्क विवरण:
अमर सिंह माध्यमिक विद्यालय अथवा श्रवणदृष्टि विहिन संघ नेपाल
पोखरा–१२, कास्की

